आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।
नेप्से ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा बन्द भएको हो।
आइतबार नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
अघिल्लो कारोबार दिन ६ अर्ब २० करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ८ अर्ब ४० करोड रूपैयाँ पुगेको छ।
यसदिन ३३८ वटा धितोपत्रको एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर किनबेच भएको हो।
आइतबार २२४ कम्पनीको सेयरमूल्य बढेको छ भने ३१ वटाको घटेको छ। यस्तै, पाँच कम्पनी स्थिर छन्।
यसदिन चार कम्पनीको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ।
सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको हो।
यसैगरी, थ्री स्टार हाइड्रोपावरको मूल्य सर्वाधिक ८.७८ प्रतिशतले घटेर प्रति कित्ता ८२१ रूपैयाँमा झरेको छ।
आइतबार मन्जुश्री फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ८४९ रूपैयाँ ९० पैसामा ५३ करोड १६ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६.३७ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एसवाई प्यानल रहेको छ। उक्त कम्पनीको एक हजार ४७८ रूपैयााँमा ३७ करोड ३९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ५.७३ प्रतिशतले बढेको छ।