बुधबार नेप्सेमा करेक्सन आएको छ।
गत चार दिनदेखि बढ्ने क्रममा रहेको नेप्सेमा लगानीकर्ताले नाफा बुक गर्दा करेक्सन आएको हो।
नेप्से ९.४३ अंकले घटेर २७०५.३८ विन्दुमा बन्द भएको हो।
बुधबार नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
अघिल्लो कारोबार दिन ११ अर्ब ८५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यसदिन उक्त रकम घटेर ८ अर्ब ९२ करोड रूपैयाँमा झरेको छ।
यसदिन ३२४ वटा धितोपत्रको दुई करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ८२ कम्पनीको सेयरमूल्य बढेको छ भने १७४ वटाको घटेको छ। यस्तै, तीन कम्पनी स्थिर छन्।
यसदिन कालिका पावरको सेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६२६ रूपैयाँ पुगेको छ।
यस्तै, नारायणी डेभलपमेन्ट बैंकको मूल्य ९.१६ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ५३८ रूपैयाँ पुगेको छ।
यसैगरी, गुराँस लघुवित्तको मूल्य सर्वाधिक ४.६४ प्रतिशतले घटेर प्रति कित्ता ८२० रूपैयाँमा झरेको छ।
बुधबार आँखुखोल जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता २३२ रूपैयाँ १० पैसामा ४३ करोड ३६ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.६५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको एक हजार ५४८ रूपैयाँमा ३५ करोड पाँच लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक ०.२६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।
यसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशतले घटेको छ।