आइतबार नेप्से ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा बन्द भएको छ।
नेप्से पाँच महिनाकै उच्च विन्दुमा आइपुगेको हो। यसअघि नेप्से २०८२ भदौ १२ गते २७८१ विन्दुमा थियो।
यो विन्दु त्यसयताकै उच्च हो।
नेप्से परिसूचक २७७२ विन्दुमा आइपुग्दा नौ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
एसवाई प्यानल, श्रीनगर एग्रिटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केबलकार, हिमस्टार ऊर्जा, मबिलुङ इनर्जी, रिलायन्स फाइनान्स र आँखुखोला जलविद्युतको सेयरमूल्य १० प्रतिशतका दरले बढेको छ भने त्रिशूली जलविद्युतको मूल्य ९.९८ प्रतिशतले बढेको छ।
यी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्।
एसवाई प्यानलको प्रतिकित्ता मूल्य एक हजार ८८१ रूपैयाँ ५० पैसा, श्रीनगर एग्रिटेकको एक हजार ५३७ रूपैयाँ ९० पैसा, नेपाल माइक्रो इन्स्योरेन्सको एक हजार ४४७ रूपैयाँ ६० पैसा, बन्दीपुर केबलकारको एक हजार ७८, हिमस्टार ऊर्जाको एक हजार ४५, मबिलुङ इनर्जीको ८३१ रूपैयाँ ६० पैसा, रिलायन्स फाइनान्सको ४९७ रूपैयाँ ४० पैसा, आँखुखोला जलविद्युतको २६८ रूपैयाँ ४० पैसा र त्रिशूली जलविद्युतको ४६८ रूपैयाँ २० पैसा पुगेको छ।