मंगलबार नेप्से परिसूचक उच्च अंकले घटेको छ।
आज नेप्से ४२.५८ अंकले घटेर २७२६.५१ विन्दुमा बन्द भएको छ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
सोमबार १६ अर्ब ३५ करोड रकमको कारोबार भएकोमा मंगलबार १४ अर्ब १६ करोडमा झरेको छ।
यसदिन ३३३ वटा धितोपत्रको तीन करोड दुई लाख ६२ हजार ७१० कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ३४ कम्पनीको सेयरमूल्य बढेको छ भने २२४ वटाको घटेको छ। यस्तै, दुई कम्पनी स्थिर छन्।
यसदिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ८.५६ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९९० रूपैयाँ पुगेको छ।
यस्तै, दरमखोला हाइड्रोको मूल्य ८.४१ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८५१ रूपैयाँ पुगेको छ।
यसैगरी, ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक ६.९३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ४३८ रूपैयाँमा झरेको छ।
मंगलबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ८२७ रूपैयाँमा ५७ करोड ८५ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिकित्ता २.१० प्रतिशत बढेको हे।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एसवाई प्यानल रहेको छ। उक्त कम्पनीको दुई हजार १५ रूपैयाँमा ५७ करोड ६८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक स्थिर छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।
यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक २.२ प्रतिशतले घटेको छ।