सोलु हाइड्रोपावरको सेयर कारोबार आज (आइतबार) देखि सुरू भएको छ।
स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ३०० रूपैयाँमा कारोबार खुला भएको हो। सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ।
कम्पनीको 'एसओएचएल' संकेतमा सेयर कारोबार खुला भएको छ।
बिहीबार नेप्सेमा कम्पनीको सर्वसाधारणमा वितरण गरेको २ करोड कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको ८ करोड कित्ता सेयर गरी कुल १० करोड कित्ता सेयर सूचीकृत भएको थियो।
कम्पनीले पहिलो कारोबारको लागि १०० रूपैयाँदेखि ३०० रूपैयाँसम्मको मूल्य रेञ्ज पाएको थियो।
यस अवधिसम्म कम्पनीको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३३० रूपैयाँ पुगेको छ।