आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा बन्द भएको छ।
नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
बिहीबार १४ अर्ब ५५ करोड रूपैयाँको कारोबार भएकोमा आइबार १४ अर्ब ३२ करोड रूपैयाँमा पुगेको छ।
यसदिन ३५० वटा धितोपत्रको तीन करोड ९५ लाख ४९ हजार ३३ कित्ता सेयर किनबेच भएको हो।
आइतबार १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० वटाको घटेको छ। यस्तै, नौ कम्पनी स्थिर छन्।
यसदिन सोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३३० रूपैयाँ कायम भएको छ।
यस्तै, साल्पा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ४३ रूपैयाँ ४० पैसा पुगेको छ।
सर्वाधिक मूल्य घट्नेमा दरमखोला हाइड्रो रहेको छ।
उक्त कम्पनीको मूल्य १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७२९ रूपैयाँमा झरेको छ।
यसैगरी, खानीखोला हाइड्रोपावको मूल्य ५.१८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २९३ रूपैयाँमा सीमित भएको छ।
आइतबार हाइड्रोपावर समूहको सर्वाधिक कारोबार भएको छ।
ग्रीन लाइफ हाइड्रोपावरको सबैभन्दा धेरै ८१ करोड १ लाखको कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ३२१ रूपैयाँ ८० पैसामा कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ९.५३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेको छ। उक्त कम्पनीको ३६० रूपैयाँ ८० पैसामा ६७ करोड ९६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।
यसमध्ये बैंकिङ समूहको परिसूचक सर्वाधिक २.८३ प्रतिशतले बढेको छ।