शिखर पावर डेभलपमेन्टको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ।
कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा १ लाख ८४ हजार २६० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
यसमा कुल २६ लाख ८७ हजार ३४७ जनाले २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन दिएका थिए।
जसमध्ये २६ लाख ५० हजार ८४७ आवेदन स्वीकृत भएको छ भने बाँकी ३६ हजार ५०० आवेदन रद्द भएको बिक्री प्रबन्धकको भनाइ छ।
कम्पनीले फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो।
कम्पनीले १०० रूपैयाँ अंकित मूल्यका कुल १८ लाख ४२ हजार ६०० कित्ता आइपिओ जारी गरेको थियो।
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।