एपोलो हाइड्रोपावरको सेयर कारोबार आज (बुधबार) देखि सुरू भएको छ।
स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको सेयर प्रतिकित्ता २९९ रूपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।
सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ।
कम्पनीको 'एपिएचएल' संकेतमा सेयर कारोबार खुला भएको छ।
कम्पनीको आइपिओ सोमबार नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको १४ लाख १० हजार कित्ता र संस्थापक सेयरधनीहरूले लगानी गरेको ३२ लाख ९० हजार कित्ता सेयर गरी कुल ४७ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो।
कम्पनीले पहिलो कारोबारको लागि १०० रूपैयाँदेखि ३०० रूपैयाँसम्मको मूल्य रेञ्ज पाएको थियो।
नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि तिनीहरूको नेटवर्थको आधारमा तीन गुणासम्म मूल्य रेञ्ज दिन्छ।
यस अवधिसम्म कम्पनीको सेयर २.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३०८ रूपैयाँ ६० पैसा पुगेको छ।