सानिगाढ हाइड्रोको आइपिओ आज (सोमबार) बाँडफाँट भएको छ।
कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा चार लाख ६७ हजार ४०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
उक्त आइपिओमा कुल २७ लाख ५९ हजार ४९० जनाले ३ करोड १ लाख ३२ हजार ५०० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए।
जसमध्ये २७ लाख २७ हजार ५१५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको बिक्री प्रबन्धकको भनाइ छ।
कम्पनीले जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ४६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।
लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।
साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।