सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा बन्द भएको छ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।
शुक्रबार ४ अर्ब ३२ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ४१ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५० वटा धितोपत्रको एक करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्।
यसदिन सोपान फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ६११ रूपैयाँ ४० पैसा पुगेको छ।
यस्तै, एपोलो हाइड्रोपावरको मूल्य पनि १४.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५२३ रूपैयाँ ९० पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा ग्रीन डेभलपमेन्ट रहेको छ।
उक्त कम्पनीको मूल्य ७.९४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ११३ रूपैयाँमा झरेको छ
यसैगरी, रावा इनर्जीको मूल्य ७.०६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५०० रूपैयाँमा सीमित भएको छ।
सोमबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ३९७ रूपैयाँमा ३८ करोड ८५ लाख रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एनबिबिएल डिबेन्चर रहेको छ। उक्त डिबेन्चको एक हजार १५८ रूपैयाँ ७० पैसामा २७ करोड ४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ।
यसमध्ये अन्य समूहको परिसूचक सर्वाधिक १.८२ प्रतिशतले घटेको छ।