मंगलबार पनि नेप्से परिसूचक घटेको छ।
नेप्से ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा बन्द भएको छ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
सोमबार ४ अर्ब ४१ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ४ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५५ वटा धितोपत्रको एक करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ वटाको घटेको छ। यस्तै, १५ कम्पनी स्थिर छन्।
यसदिन सोपान फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७०३ रूपैयाँ १० पैसा पुगेको छ।
यस्तै, एपोलो हाइड्रोपावरको मूल्य १४.९८ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६०२ रूपैयाँ ४० पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा सयपत्री हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको मूल्य ४.९० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६०२ रूपैयाँमा झरेको छ
यसैगरी, युनिक नेपाल लघुवित्तको मूल्य ४.०३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार मूल्य ३३० रूपैयाँ २० पैसामा सीमित भएको छ।
मंगलबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ३९४ रूपैयाँ ८० पैसामा ३१ करोड ९९ लाख रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा सिद्धार्थ बैंक रहेको छ। उक्त कम्पनीको ३९५ रूपैयाँ १० पैसामा १८ करोड २७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको परिसूचक घटेको छ।