बुधबार नेप्से परिसूचक स्थिर रहेको छ।
मंगलबार २७०५.४५ विन्दुमा बन्द भएको बजार बुधबार २७०५.५३ विन्दुमा बन्द भएको छ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार ४ अर्ब ४ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ६३ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५२ वटा धितोपत्रको ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ वटाको घटेको छ। यस्तै, १४ कम्पनी स्थिर छन्।
यसदिन सोपान फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८०८ रूपैयाँ ५० पैसा पुगेको छ।
यस्तै, एपोलो हाइड्रोपावरको मूल्य पनि १४.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६९२ रूपैयाँ ७० पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा एनएमबी डिबेन्चर रहेको छ।
उक्त डिबेन्चरको मूल्य ८.६४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २०६ रूपैयाँमा झरेको छ
यसैगरी, प्राइम बैंक डिबेन्चरको मूल्य ४.९८ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार १४५ रूपैयाँ २० पैसामा सीमित भएको छ।
बुधबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको एक हजार ४२८ रूपैयाँमा २१ करोड १७ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.१० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ।
उक्त कम्पनीको तीन हजार ३९८ रूपैयाँ ८० पैसामा १८ करोड ३२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको परिसूचक घटेको छ।