बिहीबार नेप्से परिसूचक घटेको छ।
नेप्से ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा बन्द भएको छ।
कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ।
बुधबार ३ अर्ब ६३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ४१ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३४७ वटा धितोपत्रको ७७ लाख ४३ हजार ३० कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ वटाको घटेको छ। यस्तै, १४ कम्पनी स्थिर छन्।
यसदिन एपोलो हाइड्रोपावरको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७९६ रूपैयाँ ६० पैसा पुगेको छ।
यस्तै, सोपान फर्मास्युटिकल्सको मूल्य १४.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ९२९ रूपैयाँ ७० पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा प्रभु बैंक डिबेन्चर रहेको छ।
उक्त डिबेन्चरको मूल्य ५.५४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ७५ रूपैयाँमा झरेको छ
यसैगरी, ग्लोबल आइएमई ब्यालेन्सड् फण्डको मूल्य ४.९५९ प्रतिशतले घटेर प्रति इकाइ मूल्य १० रूपैयाँ ६० पैसामा सीमित भएको छ।
बिहीबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ३८१ रूपैयाँमा ३१ करोड ९८ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ४.०१ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा युनाइटेड मोदी हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ६०८ रूपैयाँमा २३ करोड ५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको परिसूचक घटेको छ।