शुक्रबार नेप्से परिसूचक स्थिर छ।
बिहीबार २७००.४७ विन्दुमा बन्द भएको बजार आज २७००.२९ विन्दुमा बन्द भएको हो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार ३ अर्ब ४१ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब ४० करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५३ वटा धितोपत्रको एक करोड ६ लाख एक हजार १४८ कित्ता सेयर किनबेच भएको हो।
शुक्रबार ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ वटाको घटेको छ। यस्तै, १७ कम्पनी स्थिर छन्।
यसदिन एपोलो हाइड्रोपावरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९१६ रूपैयाँ पुगेको छ।
यस्तै, सोपान फर्मास्युटिकल्सको मूल्य १४.०२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ६० रूपैयाँ कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा बुंगल हाइड्रोपावर रहेको छ।
उक्त कम्पनीको मूल्य १२.४५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७७७ रूपैयाँ ४० पैसामा झरेको छ
यसैगरी, आत्मनिर्भर लघुवित्तको मूल्य १०.२१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५ हजार ९२९ रूपैयाँमा सीमित भएको छ।
शुक्रबार ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७को सर्वाधिक कारोबार भएको छ।
उक्त डिबेन्चरको एक हजार १४१ रूपैयाँ ८० पैसामा ३३ करोड ११ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.४९ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५ रहेको छ। उक्त डिबेन्चरको एक हजार १२९ रूपैयाँ ७० पैसामा ३२ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी पाँच समूहको परिसूचक घटेको छ।