बिहीबार पनि नेप्से परिसूचक घटेको छ।
नेप्से ८.५० अंकले घटेर २६५१.५२ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बुधबार ४ अर्ब ४१ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन २ अर्ब ८३ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३३८ वटा धितोपत्रको ६४ लाख ८० हजार ५९९ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ वटाको घटेको छ। यस्तै, १९ कम्पनी स्थिर छन्।
यसदिन टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको मूल्य सर्वाधिक १४.९९ प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य ५२४ रूपैयाँ ६० पैसा पुगेको छ।
सर्वाधिक मूल्य घट्नेमा भुजुङ हाइड्रोपावररहेको छ।
उक्त कम्पनीको मूल्य ११.०३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८३९ रूपैयाँमा झरेको छ
यसैगरी, सिवाइसी नेपाल लघुवित्तको मूल्य ८.९७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ४६२ रूपैयाँ ६० पैसामा सीमित भएको छ।
बिहीबार सोपान फर्मास्युटिकल्सको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ९६६ रूपैयाँ २० पैसामा १२ करोड ६६ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.२६ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको तीन हजार २०० रूपैयाँमा १२ करोड ८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशतले घटेको छ।