शुक्रबार पनि नेप्से परिसूचक घटेको छ।
नेप्से २ अंकले घटेर २६४९.५१ विन्दुमा बन्द भएको हो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
बिहीबार २ अर्ब ८३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ९४ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५९ वटा धितोपत्रको ७७ लाख २७ हजार ६४९ कित्ता सेयर किनबेच भएको हो।
शुक्रबार ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० वटाको घटेको छ। यस्तै, २० कम्पनी स्थिर छन्।
यसदिन स्नो रिभर्सको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३४३ रूपैयाँ ५० पैसा पुगेको छ।
यस्तै, टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ हाइड्रोपावरको मूल्य १४.९८ प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीहरुको प्रतिकित्ता मूल्य ६०३ रूपैयाँ २० पैसा पुगेको छ।
सर्वाधिक मूल्य घट्नेमा कालिका लघुवित्त रहेको छ।
उक्त कम्पनीको मूल्य १०.७६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८२१ रूपैयाँमा झरेको छ
यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य ९.४५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८१४ रूपैयाँमा सीमित भएको छ।
शुक्रबार ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७को सर्वाधिक कारोबार भएको छ।
उक्त डिबेन्चरको एक हजार १४१ रूपैयाँ ८० पैसामा ३३ करोड १६ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.०९ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५ रहेको छ। उक्त डिबेन्चरको एक हजार १२८ रूपैयाँमा २८ करोड ५७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको परिसूचक घटेको छ।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशतले बढेको छ।