नेपाल स्टक एक्सचेन्ज लिमिटेडले ब्रोकरहरूलाई दिएको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) को डेटा सेन्टर डेटा हब प्रा.लि.मा साइबर आक्रमण भएपछि सोमबार सेयर कारोबार रोक्का गरिएको छ।
नेप्सेले प्रदान गरेको टिएसएम चलाइराखेका ७२ कारोबार सदस्य कम्पनीहरू सर्भर सो डेटा सेन्टरमा राखिएको थियो।
डेटा सेन्टर डेटा हब प्रा.लि.मा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको र समाधानका लागि पहल भइरहेको भएता पनि हालसम्म समाधान भइनसकेको र यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएकोले कारोबार रोकिएको नेप्सेले उल्लेख गरेको छ।
टिएमएस विकास वाइको प्राइभेट लिमिटेडले गरेको हो।
डेटाहबले आइतबार कार्यालय समय सुरू हुनुअघि नै साइबर आक्रमण पहिचान गरेको थियो।
साइबर आक्रमणको अवस्थाबारे थप मूल्यांकन भइरहेकोले प्रयोगकर्तालाई प्रणालीमा जबर्जस्ती लगइन गर्ने प्रयास नगर्न आग्रह समेत गरिएको छ।