सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बिहीबार ५ अर्ब ४४ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ५ अर्ब ३८ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५७ वटा धितोपत्रको एक करोड ३१ लाख ७८ हजार १३८ कित्ता सेयर किनबेच भएको हो।
सोमबार ५० कम्पनीको सेयर मूल्य बढेको छ भने २२३ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्।
लक्ष्मी बैंकको डिबेन्चर २०९२को मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार एक सय रूपैयाँ पुगेको छ।
यस्तै, कुमारी बैंक डिबेन्चर २०९० को मूल्य १२.१७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ६० रूपैयाँ कायम भएको छ।
यसदिन हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य सर्वाधिक १०.५८ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४०५ रूपैयाँ पुगेको छ।
यसैगरी, इमर्जिङ नेपालको मूल्य ९.९२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४९६ रूपैयाँमा सीमित भएको छ।
सोमबार हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको एक हजार ३२३ रूपैयाँमा ३५ करोड ८२ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.८४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको ६९५ रूपैयाँ १० पैसामा २९ करोड ७८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको घटेको छ।
यसमध्ये निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.२० प्रतिशतले घटेको छ।