बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा बन्द भएको छ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बुधबार ६ अर्ब १४ करोड रकमको कारोबार भएकोमा यसदिन उक्त रकम घटेर ५ अर्ब ४८ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३५५ वटा धितोपत्रको एक करोड ४७ लाख १० हजार २९८ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १७९ वटाको घटेको छ। यस्तै, १४ कम्पनी स्थिर छन्।
युनिक नेपाल लघुवित्तको मूल्य सर्वाधिक ४.८८ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २४६ रूपैयाँ ९० पैसा पुगेको छ।
यस्तै, लक्ष्मी उन्नति कोषको मूल्य ४.२९ प्रतिशतले बढेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ७३ पैसा कायम भएको छ।
यसदिन एलएस होरिजन १२ को मूल्य सर्वाधिक ४.७६ प्रतिशतले घटेको छ।
उक्त इकाइको मूल्य ९ रूपैयाँ २० पैसा पुगेको छ।
यसैगरी, एभरेस्ट कलरको मूल्य ४.६० प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २६ रूपैयाँ ५० पैसामा सीमित भएको छ।
बिहीबार हिमालयन ऊर्जा विकास कम्पनीको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २९१ रूपैयाँ ५० पैसामा २४ करोड १ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ०.१४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा पिपुल्स हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ३८१ रूपैयाँ ९० पैसामा २२ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये लगानी समूहको परिसूचक बढेको छ भने बाँकी १२ समूहको घटेको छ।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक १.५२ प्रतिशतले घटेको छ।