अब नेपाली सामान भारतमा निर्यात गर्दा पुन भारतीय प्रयोशालामा जाँच गर्नु नपर्ने भएको छ।
नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतको फुड सेफ्टी एण्ड स्ट्याण्डर्ड अपरेटिभले दुई देशको प्रयोगशालालाई मान्यता दिन हस्ताक्षर गरेका छन्।
परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारतको संयुक्त आयोगको बैठकमा दुई निकायबीचमा समझादारी पत्रमा हस्ताक्षर भएको हो।
यसले सामान निर्यात गर्दा भारतीय प्रयोगशालामा पुन जाँच गर्नुपर्ने झण्झट हटाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए।
उनका अनुसार त्यसका साथै खाद्य स्वच्छता सम्बन्धी केही केही नयाँ विषय आएमा एक अर्कालाई सहयोग गर्ने तथा प्राविधिक सहयोग समेत गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
अब खाद्य स्वच्छताको अन्तराष्ट्रिय मापदण्डको आधारमा दुई देशको प्रयोगशालाको रिपोर्टलाई मान्यता दिइने छ। यसले दुई देशको व्यापारमा सहजीकरण गर्ने प्रवक्ता महर्जन बताउँछन्।
तर शङ्का लागेमा भने दुवै देशकोले परीक्षण गर्न पाउने छन्।