कतार एयरवेजले भारतको सबैभन्दा ठूलो एयरलाइन ईन्डिगोसँग कोडशेयर सम्झौतामा हस्ताक्षर गरेको छ ।
सम्झौताअनुसार पहिलो कोडशेयर फ्लाइट १८ डिसेम्बर, २०१९ देखि सञ्चालन हुने भएको छ ।
सम्झौतासँगै कतार एयरवेजले दोहादेखि दिल्ली, मुम्बई र हैदराबादसम्मका ईन्डिगोका फ्लाइटहरुमा आफ्नो कोड राख्नेछ ।