पोख्रेली पानीको ब्राण्ड ‘पिउरो’ काठमाडौंमा भित्रिएको छ। उपत्यकामा उपभाेक्ताले ‘पिउरो’ एक लिटरको बोतलमा किन्न पाउने कम्पनीले बताएकाे छ।
पिउरोको उत्पादन ज्ञान फुड एण्ड बेभरेजले गरेको हो।
यसअघि कम्पनीले ‘पिउरो’ पानी पोखरा र आसपासका सहरमा एक लिटर बोतल र बीस लिटरको जारमा बिक्री गर्दै आएको थियाे।
खाद्य तथा गुणस्तर नियन्त्रण बिभागले तोकेको मापदण्ड पूर्ण रुपमा पालना गरी उत्पादन गरेको कम्पनीका प्रवन्ध निर्देशक अशोक खड्काले बताए।
पिउने पानीको उत्पादनमा नेपालमै पछिल्लो प्रविधि भित्र्याएर प्लान्ट स्थापना गरेको खड्काको दाबी छ।
उपभाेक्ताले ‘पिउरो’ पानी ग्यापु अनलाइनमा किन्न पाउँने छन्न।