इ–वाणिज्य कम्पनी युजी बजारले युजी बजार वेबसाइट लंच गरेको छ। कम्पनीले यो अवसरमा छुट योजना ल्याएको छ। नोभेम्बर ११ देखि ३० सम्म सामानमा छुट हुने कम्पनीको भनाइ छ।
यो योजना विद्युतीय र इलेक्ट्रोनिक वस्तुको बिक्रीमा केन्द्रित छ। जसअन्तर्गत मोबाइल फोन, वाशिङ मेसिन, फ्रिज, भ्याकुम क्लीनर लगायतका घरायसी सामग्री छन्।
एनआइसी एशियासँग कम्पनीले भुक्तानी साझेदार गरेको छ। सामान किनेर उक्त बैंकबाट भुक्तानी गरेमा बैंकले निश्चित रकम समेत दिने कम्पनीले बतायो।
‘यो सुरुआति योजना नाफाको लागि नभएर ग्राहकहरुलाइ छुट दिएर व्यवसाय अगाडि बढाउनका लागि हो’, युजी बजारका सह–संस्थापक किरण तिम्सिनाले भने।