गत आर्थिक वर्ष २०८१/८२ मा २० खर्ब २१ अर्ब रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार भएको छ।
भन्सार विभागको तथ्यांक अनुसार १८ खर्ब चार अर्ब रूपैयाँको वस्तु आयात भएको छ। त्यस्तै दुई खर्ब ७७ अर्ब रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
आर्थिक वर्ष २०८०/८१ मा करिब १५ खर्ब ९३ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको थियो। एक खर्ब ५२ अर्ब रूपैयाँ बराबरको निर्यात भएको थियो।
गत वर्ष आयात वृद्धिदर विगतका वर्षहरूमा जस्तै औसत १३ प्रतिशतको छ। तर, निर्यात वृद्धिदर भने अहिलेसम्मकै उच्च ८२ प्रतिशतको छ।
सबैभन्दा धेरै आयात डिजेल र भटमासको कच्चा तेलको भएको छ। डिजेल एक खर्ब २८ अर्ब रूपैयाँ बराबरको र भटमासको कच्चा तेल एक खर्ब आठ अर्ब रूपैयाँ बराबरको आयात भएको छ।
सबैभन्दा धेरै निर्यात भटमासको प्रशोधित तेल र धागो भएको छ। भटमासको कच्चा तेल एक खर्ब ६ अर्ब रूपैयाँ बराबर र धागो १४ अर्ब ३६ करोड रूपैयाँ बराबरको भएको छ।