क्रिकेटको रोमाञ्चमा संगीतको नयाँ ऊर्जा थप्दै एक्स्ट्रिम इनर्जी ड्रिंकले 'एक्स्ट्रिम एन्थम' सार्वजनिक गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सुरू हुनुअघि सार्वजनिक गरिएको यस एन्थमले क्रिकेटको मैदानमा देखिने प्रतिस्पर्धात्मक जोश र मैदानबाहिर समर्थकहरूमा छाउने क्रिकेट क्रेजलाई एउटै सांगीतिक लयमा बाँध्ने प्रयास गरेको छ।
हरेक बलसँगै बढ्ने उत्सुकता, हरेक चौका–छक्कामा उर्लिने खुसी र आफ्नो टोलीको जितमा झल्किने गर्वलाई संगीतमार्फत अभिव्यक्त गर्दै यस एन्थमले क्रिकेटको माहोलमा नयाँ रौनक थप्ने अपेक्षा गरिएको छ।
एनपिएल सिजन ३ मा एक्सट्रीम इनर्जी ड्रिंकले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकको रुपमा साझेदारी गरेको छ, भने पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन साझेदारी रहेको छ।
खेलाडीहरूको जित्ने अठोट, टोलीप्रति समर्थकहरूको अटुट विश्वास र दर्शकदीर्घाबाट गुन्जिने उत्साहलाई संगीतको माध्यमबाट जोड्दै कम्पनीले क्रिकेटप्रेमीहरूको भावनासँग अझ नजिकिने प्रयास गरेको छ।
युनिक पोयटको नामले परिचित उत्साह जोशीको स्वर तथा शब्द र ब्लुस (सुरज शाही) को संगीत सिर्जना तथा संयोजनमा 'एक्स्ट्रिम एन्थम' तयार गरिएको हो।
यसको निर्माणको काम भने 'एनएफटिपी' टिमले गरेको हो ।
विशेषगरी युवा पुस्ताको सांगीतिक रुचि र क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै तयार गरिएको यस एन्थमले खेलको उत्साहलाई नयाँ सांगीतिक अभिव्यक्ति दिएको बताइएको छ।
मैदानमा खेलाडीहरूले प्रदर्शन गर्ने जोश र दर्शकहरूले महसुस गर्ने रोमाञ्चलाई संगीतमा उतार्दै यसले क्रिकेटको माहोललाई अझ जीवन्त र ऊर्जावान् बनाउने अपेक्षा गरिएको छ।