सुजल डेरी प्राइभेट लिमिटेडले नेपालमा पहिलो पटक 'डिलाइट डेरी प्राइडु इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर' बजारमा ल्याएको छ।
यो उत्पादनअब प्रमुख ई–कमर्स प्लेटफर्महरू, मोडर्न ट्रेड स्टोरहरू तथा भाटभटेनी सुपरमार्केटमा उपलब्ध छ।
डिलाइट डेरी प्राइड सजिलै मनतातो पानीमा घुल्ने भएकाले तुरुन्तै तयार गर्न सकिन्छ।
यसले परिवारलाई जुनसुकै समयमा पनि क्रिमी र स्वादिलो दूध पिउन सहजता प्रदान गर्ने बताइएको छ।
प्रिमियम गुणस्तरको यो इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर आवश्यक पोषक तत्वहरूले भरपूर्ण छ, जसले बालबालिकाको समग्र वद्धि र विकासमा सहयोग पुर्याउँछ।
कम्पनीकाअनुसार भएको कारण यो हरेक दिनको पोषणका लागि भरपर्दो र भरोसा योग्य विकल्प हो।
डिलाइट डेरी प्राइडले दूधको प्राकृतिक गुण जोगाउँदै क्याल्सियम, प्रोटिन, भिटामिन ए र भिटामिन डी जस्ता आवश्यक पोषक तत्व प्रदान गर्छ।
आजको व्यस्त जीवनशैलीमा समयको अभावका कारण सन्तुलित दैनिक पोषण चुनौतीपूर्ण बनेको छ।
सजिलै र छिटो तयार गर्न सकिने, गुणस्तरमा सधैं एकरूपता कायम रहने र १२ महिनासम्म सुरक्षित रूपमा भण्डारण गर्न मिल्ने यस उत्पादनले व्यस्त जीवनशैलीमा पनि पोषणको आवश्यकता पूरा गर्दछ।
डिलाइट डेरी प्राइडको आधुनिक र आकर्षक प्याकेजिङले ताजापन, गुणस्तरर पोषणलाई स्पष्ट रूपमा प्रस्तुत गर्ने कम्पनीको भनाइ छ।
मोइस्चर प्रतिरोधी मेटालिक प्याकले उत्पादनको ताजापन सुरक्षित राख्छ भने स्पष्ट र आकर्षक डिजाइनले उपभोक्तालाई डिलाइट ब्रान्डका मुख्य फाइदाहरू सजिलै चिन्न मद्दत गर्दछ।
यसलाई १८० मि.लि. मनतातो पानीमा २५ ग्राम (तीन चम्चा) दूध पाउडर मिसाएर राम्ररी घोलेर तुरुन्तै पिउन सकिन्छ।
डिलाइट डेरी प्राइडले केबल छिटो दूध तयार गर्नका लागि नभई, दैनिक खानामा स्वाद र पोषण दुवै थप्छ।
यसलाई पौष्टिक दूधजन्य पेय, क्रिमी डेसेर्ट, मिल्की चिया र स्वादिलो कफीमा सजिलै प्रयोग गर्न सकिन्छ।
डिलाइट डेरी प्राइड ताजा दूधबाट बनाइन्छ जुन स्थानीय फार्मबाट संकलन गरिन्छ।
उत्पादनदेखि प्याकेजिङसम्म हरेक चरणमा गुणस्तर परीक्षण र उच्च हाइजिन कायम राखिन्छ।
अत्याधुनिक प्रविधि प्रयोग गरेर तयार गरिएको यस दूधले प्राकृतिक स्वाद र पोषण दुवै सुनिश्चित गर्दछ।
डिलाइट डेरी प्राइड १ केजी प्याकमा दुई हजार एक सय रूपैयाँमा उपलब्ध छ।