स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
आज प्रतितोला सुन एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८५५ कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८१० कायम भएको थियो।