बजारमा वनस्पति घिउ र सनफ्लावर तेलको मूल्य बढेको छ।
नेपाल खुद्रा व्यापार संघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार १५ दिनको तुलनामा वनस्पति घिउ र सनफ्लावर तेलको मूल्य प्रतिलिटर पाँच रूपैयाँले बढेको हो।
संघले हरेक महिनाको १५/१५ दिनमा खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्छ।
पुस १ गते सार्वजनिक भएको मूल्य सूची अनुसार प्रतिलिटर दुई सय ४५ रूपैयाँमा कारोबार भएको वनस्पति घिउ र सनफ्लावर तेल पुस १५ गतेको तथ्यांकमा लिटरमा पाँच रूपैयाँ बढेर दुई सय ५० रूपैयाँ पुगेको छ।