धरमपाल सत्यपाल समूह (डिएस ग्रुप) अन्तर्गतको ब्रान्ड 'क्याच स्पाइसेस'ले नेपालमा रिटेल तथा होरेका (होटल, रेस्टुरेन्ट र क्याटरिङ) क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउने रणनीतिक योजना घोषणा गरेको छ।
उक्त घोषणा यही २२ देखि २५ अप्रिल २०२६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजित जिएआई फुड एन्ड बेभरेज एन्ड हस्पिटालिटी २०२६ को ११औं संस्करणमा गरिएको हो। जहाँ ब्रान्डले डायमण्ड स्पोन्सरको रूपमा सहभागिता जनाएको छ।
यो कदमलाई ब्रान्डले नेपालमा क्याच स्पाइसेसको विकासको अर्को चरणको रूपमा हेरेको छ।
यसले वितरण सञ्जाल विस्तार गर्ने, बजारमा पहुँच बढाउने तथा रिटेल र फुड सर्भिस क्षेत्रका साझेदारहरूसँग थप मजबुत सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ।
मसला बजारमा विश्वसनीय नामको रूपमा आफ्नो स्थानलाई थप सुदृढ गर्दै क्याच स्पाइसेसले घरेलु उपभोक्ता र व्यवसायिक किचेन दुवैका आवश्यकतासँग आफूलाई समायोजन गरिरहेको छ।
कार्यक्रममा क्याच स्पाइसेसले स्टल नं. बी१२४, बी१२५, बी११९ र बी१२० मा आफ्ना विभिन्न मसला उत्पादनहरू प्रदर्शन गर्दै गुणस्तर र इनोभेसन प्रस्तुत गरिरहेको छ।
यस अवसरमा डिएस ग्रुप, क्याच स्पाइसेसका बिजनेस हेड सन्दीप घोषले भने, 'नेपालमा रणनीतिक विस्तारले यहाँको प्याकेज्ड मसला उद्योगको रिटेल नेटवर्कमा हाम्रो उपस्थितिलाई थप गहिरो बनाउने लक्ष्य राखेको छ। यसबाट चालु आर्थिक वर्षको अन्त्यसम्ममा उल्लेखनीय बजार पहुँच हासिल गर्ने हाम्रो योजना छ।'
'स्वाद, सुगन्ध र रङमा स्थायित्वको बढ्दो मागलाई सम्बोधन गर्ने प्रतिबद्धता सहित क्याच स्पाइसेसले स्थानीय स्वादअनुसार तयार गरिएका विविध उत्पादनहरू उपलब्ध गराउँछ,' उनले थपे 'यो विकास यात्रालाई केवल रिटेलमा सीमित नराखी, सन् २०२६–२७ आर्थिक वर्षको अन्त्यसम्म नेपालका प्रमुख फुड सर्भिस क्षेत्रमा समेत सशक्त उपस्थिति स्थापना गर्ने हाम्रो लक्ष्य छ। यसले देशभरका घरपरिवार र व्यवसायिक किचेनका लागि गुणस्तरको मानकको रूपमा हाम्रो पहिचानलाई अझ मजबुत बनाउनेछ।'
क्याच स्पाइसेसको उपस्थितिको प्रमुख आकर्षणमध्ये अन्तर्राष्ट्रिय स्तरका प्रख्यात शेफ तथा नेपालका लागि ब्रान्ड एम्बेसडर सन्तोष शाहद्वारा २२ र २३ अप्रिलमा सञ्चालन गरिने विशेष लाइभ कुकिङ सेसनहरू रहेका छन्।
जहाँ उनले क्याच स्पाइसेस प्रयोग गरी आफ्ना विशेष परिकारहरू प्रस्तुत गर्नुहुनेछ र आधुनिक होरेका प्रयोगका लागि यसको बहुपयोगिता पनि देखाउनेछन्।
जिएआई २०२६ मा सहभागिता मार्फत क्याच स्पाइसेसले शेफ, वितरक तथा फुड सर्भिस साझेदारहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ।
साथै, नेपालमा आफ्नो रिटेल नेटवर्क विस्तार गर्दै होरेका क्षेत्रमा बलियो उपस्थिति निर्माण गर्न पनि केन्द्रित रहेको कम्पनीको भनाइ छ।
क्याच स्पाइसेसले नेपालभर पाककलाको अनुभवलाई उचाइमा पुर्याउने साझेदारको रूपमा आफूलाई स्थापित गर्दै आएको छ।
यो ब्रान्ड भाटभटेनी स्टोर्स जस्ता आधुनिक स्टोरहरू, खुद्रा पसलहरू, नेपाल सेनाका क्यान्टिन तथा दराजजस्ता इ–कमर्स प्लेटफर्ममार्फत पनि उपलब्ध छ।