भाटभाटेनी सुपर मार्केटमा किनमेल गर्दा दुई जनाले विद्युतीय सवारी-टाटा पन्च इभी जितेका छन्।
स्टोरमा २५ सय रूपैयाँ बराबरको किनमेल गर्दा दुई जनाले टाटा पन्च इभी जितेका हुन्।
दसैं, तिहार र छठको अवसर पारेर सपिङ गर्दा टाटाको 'पन्च इभी' जित्न सकिने योजनाको सोमबार पुरस्कार घोषणा गरिएको हो।
उक्त योजना अन्तर्गत कलंकीकी रोशनी सिंह तथा नेपाल पेबाटै क्युआर गरी सामानको मूल्य तिर्ने पाटनकी समिता प्रधानले टाटाको पन्च इभी जितेका हुन्।
टाटा मोटर्स नेपालका लागि अधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङ र भाटभाटेनीबीच सहकार्य गरी ग्राहकलाई चाडपर्वको अवसरमा सामान किन्दा कार जित्ने योजना ल्याइएको थियो।
'भाटभटनीबाट किनमेल गरौँ, टाटा पन्च इभी जितौं' भन्ने नारासहित स्किमको लाभ पुसको १६ गतेसम्म भाटभटेनीमा सामान किनमेल गर्ने ग्राहकले लिएका थिए।