नेपाली स्वादका उत्पादनको बजार व्यवस्थापन गर्दै आएको अष्ट्रेलियाको सगुन ग्रुप र नेपालको चौधरी ग्रुपबीच सम्झौता भएको छ।
पाँच वर्षको लागि गरिएको यो सम्झौता अनुरूप अब चौधरी ग्रुप (सिजी ) बाट उत्पादित वस्तुहरूको अष्ट्रेलियाको लागि सगुन ग्रुप सोल वितरक र बजार व्यवस्थापक बनेको छ।
सम्झौतामा उल्लेख भए अनुरूप अबबाट चौधरी ग्रुपका उत्पादनहरूको सगुन ग्रुपले पुरा अष्ट्रेलिया कानुनी र आधिकारीक रूपमा बजार व्यवस्थापन गर्न पाउने भएको छ।
अष्ट्रेलियामा विशेषतः वाईवाई चाउचाउ लगायतका सिजीका अन्य उत्पादनहरू बढी मात्रामा खपत हुने गरेको छ।
सगुन ग्रुपसॅंगको सम्झौताले अष्ट्रेलियामा चौधरी ग्रुपका उत्पादनहरूले झनै फैलने र विस्तार हुने अवसर पाउने धारणा चौधरी ग्रुपका ग्लोबल एक्स्पोर्ट हेड जीवन शर्मा आचार्यले बताए।
यसैबीच अष्ट्रेलियामा रहने प्रवासी नेपालीहरूमाँझ चौधरी ग्रुपका उत्पादनहरू सहज तरिकाले पुऱ्याउन आफ्नो संस्थाले पुलको काम गर्न पाएकोमा सगुन ग्रुपका प्रमुख भूषण कक्षपतीले प्रसन्नता व्यक्त गरे।
कक्षपतीले चौधरी ग्रुपले आफ्नो संस्था माथि गरेको विश्वासको आफ्नो संस्था सधै कदर गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए।