अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित बिग समर सेल सार्वजनिक गरेको छ।
यस सेल मार्फत दराजले देशभरका ग्राहकहरूका लागि आकर्षक अफरहरूको नयाँ लहर नै ल्याएको बताइएको छ।
दराज ५.५ बिग समर सेल वैशाख २१ को बेलुका ८ बजेदेखि सुरू भइ वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ।
यस अवधि भर ग्राहकहरूले ८० प्रतिशतसम्मको आकर्षक छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क होम डेलिभरी तथा र ५५ लाख रूपैयाँ बराबरका भौचरहरू प्राप्त गर्न सक्नेछन्।
अवसरको बहार नै बोकेर आफ्ना उपभोक्ता समक्ष दराजले सार्वजनिक यस सेलले गर्मीको समयमा उत्कृष्ट किनमेलको अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ।
दराजले आफ्ना उपभोक्तालाई अझ उत्साहजनक किनमेल अनुभव प्रदान गर्न समय समयमा सार्वजनिक हुँदै आएका विभिन्न सेलमा जस्तै यसमा पनि अझ उत्साह थप्दै विशेष साझेदार अफरहरू पनि उपलब्ध गरिएका छन्।
ग्राहकहरूले प्लाटिनम पार्टनर्स पिल्ग्रिम र मारिकोका तर्फबाट १५ प्रतिशतसम्म, गोल्ड पार्टनर्स ब्राण्डहाउस, होनसा र मिनिमलिस्टका तफबाट ६० प्रतिशतसम्म, तथा सिल्भर पार्टनर्स ऱ्होतो, नुलाइट र एमडब्ल्युसीका तर्फबाट ७० प्रतिशतसम्मको छुट पाउन सक्नेछन्।
साथै, इसेवाका प्रयोगकर्ताहरूले विशेष 'रश आवर' अफरहरू पनि प्राप्त गर्न सक्नेछन्। यसले किनमेल अनुभवलाई अझ लाभदायक बनाउने कम्पनीको दाबी छ।
ग्राहकहरूले चाहेका सामग्रीहरूमा उत्कृष्ट मूल्य सुनिश्चित गर्न 'बेस्ट प्राइस' ट्याग भएका उत्पादनहरूमा दराजको २ गुणा प्राइस डिफरेन्स रिफन्ड प्रोमिस पनि लागु हुनेछ।
यस आधारमा यदि कुनै ग्राहकले नेपालभित्र अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन यहाँ निर्धारितभन्दा कम मूल्यमा भेट्टाएमा योग्यताको सर्त अनुसार दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ।
यसले ग्राहकहरूलाई अझ विश्वस्त रूपमा किनमेल गर्न सहयोग पुऱ्याउने कम्पनीको दाबी छ।
दराज ५.५, बिग समर सेलको यस संस्करण अन्तर्गत ग्राहकहरूले हल्का र स्टाइलिश फेसन सामग्रीदेखि घरलाई गर्मीअनुकूल बनाउन आवश्यक वस्तुहरू, स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडिओ तथा वेयरेबल्स, फर्निचर, गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरूमा समेत आकर्षक अफरहरू पाउनेछन्।