तुलसीपुरमा 'को– मार्ट' सञ्चालनमा आएको छ।
सात वर्ष कोरियामा बिताएकी गंगा गिरीले स्वदेश फर्किएर दाङमै पहिलो 'को–मार्ट' खोलेकी हुन्। जहाँ कोरियाली खानाका परिकार मात्र पाइन्छ।
झन्डै १५ लाख लगानी यो मार्टमा विश्वभर लोकप्रिय विभिन्न प्रोसेस्ड फुड जस्तै कोरियन नुडल्स, चोकोपाइ, मसला, जुस लगायतका सामग्रीहरू किन्न पाइने गिरीले बताइन्।
गिरीका अनुसार ती परिकारहरु घरमा लगेर पकाएर परिवारका सदस्यसॅंगै रमाउँदै खान मिल्छ।
ती परिकार कसरी पकाउने भन्ने कुरा उनी आफैंले ग्राहकलाई सिकाउने गर्छिन्।
सात वर्ष कोरिया बस्ता रेष्टुरेन्ट काम गरेकी गंगाले त्यहाँको खानाका परिकार निकै लोकप्रिय लागेर आफूले पहिलो पटक कोरियन खानाका परिकार पाइने मार्ट सञ्चालन गरेको बताइन्।
तुलसीपुरस्थित जिल्ला रेडक्रस कार्यालयसॅंगै सटेको घरमा खोलिएको कोरियन खानाका परिकार पाइने मार्टको सोमबार तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष देबबहादुर केसीले गरे।