नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन्।
महासंघ निर्वाचन समितिअनुसार श्रेष्ठ ६३ मत प्राप्त गरेर विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत प्राप्त गरे।
महासंघको निर्वाचनमा अञ्जन श्रेष्ठ र हेमराज ढकाललले प्यानल तय गरेका थिए। श्रेष्ठ ढबाल प्यानलमा थिए।
यस्तै महासंघ जिल्ला नगर उपाध्यक्षमा अञ्जन पक्ष दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा विजयी भएका छन्।