आइएमईले विदेशमा रहेका नेपाली तथा तिनका परिवारलाई लक्षित गर्दै नयाँ, आकर्षक ग्राहकलाभ योजना सार्वजनिक गरेको छ।
जसअनुसार आइएमई मार्फत विदेशबाट नेपालमा रेमिटेन्स पठाउने ग्राहकले केवल पैसा प्राप्त गर्ने सुविधा मात्रै होइन, सामसङका विभिन्न आधुनिक इलेक्ट्रोनिक सामान खरिद गर्दा विशेष छुट (क्यासब्याक) तथा अन्य आकर्षक अफरको समेत लाभ लिन सक्ने भएका छन्।
अफरको लाभ लिन ग्राहकहरूले आइएमई रेमिटमार्फत विदेशबाट नेपालमा पैसा पठाउनु पर्ने कम्पनीको भनाइ छ।
त्यसपछि नेपालमा पैसा प्राप्त गर्दा प्रयोग भएको आइएमई कन्ट्रोल नम्बर सुरक्षित राखेर सामसङको आधिकारिक स्टोर वा डिलरकहाँ पुग्नुपर्नेछ।
ग्राहकले आफूलाई आवश्यक सामसङका स्मार्टफोन वा अन्य घरेलु उपकरण छनोट गरी एचएफएलमार्फत सहज इएमआई वा ऋण सुविधा मार्फत खरिद प्रक्रिया पूरा गर्न सक्नेछन्।
जसले ग्राहकलाई एकैपटक ठूलो रकम खर्च नगरी किस्ताबन्दीमा सामान खरिद गर्ने सुविधा प्रदान समेत गर्नेछ।
इएमआई सुविधा २४ महिनासम्म उपलब्ध छ।
‘साथै स्मार्टफोन, स्मार्ट टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन लगायतका आधुनिक घरेलु तथा डिजिटल उपकरण खरिद गर्दा ग्राहकहरूले अधिकतम ६ प्रतिशतसम्म क्यास ब्याक खल्तीबाई आइएमई वालेटमा प्राप्त गर्ने व्यवस्था गरिएको छ।
'यसले विदेशमा बसेर कठिन परिश्रम गरी कमाएको रकमलाई अझ बढी उपयोगी र मूल्यवान बनाउने कम्पनीले बताएको छ।
सामसङ स्मार्टफोन खरिद गर्ने ग्राहकले एनसेल प्याक सक्रिय गर्दा बोनस डेटा सुविधा पनि प्राप्त गर्न सक्नेछन्।
योजनाअन्तर्गत ग्राहकहरूले एनसेल रिचार्जमा अधिकतम १८० जिबीसम्म बोनस डेटा प्राप्त गर्ने अवसर पाउनेछन्।
आइएमईका कार्यकारी अधिकृत दिवाकर पौडेलले विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा उनीहरूका परिवारको दैनिक जीवनलाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले यो योजना तयार पारिएको बताए।