नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड लमिनारले दाङको तुल्सीपुर बजारमा नयाँ एम्पोरियो डिलर शोरुम शुक्रबार बाट सञ्चालनमा ल्याएको छ।
शोरुम सिद्धार्थ मार्बल हाउस प्रालिसँगको सहकार्यमा सुरु गरिएको हो।
तुलसीपुर शोरुममा लमिनारका विभिन्न प्रकारका टायल उपलब्ध छन्। एन्टिब्याक्टेरियल सतह भएका टायल (जर्म सेफ) फुलबडी कलेक्सन (सेन्टो) र विभिन्न सतहका टायल अब तुलसीपुरमै पाइने छन्।
यो टायलको सतह विभिन्न प्रयोगका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।
यो टायल विशेषगरी उच्च सरसफाइ आवश्यक हुने स्थानमा थप उपयोगिता हुने कम्पनीको दाबी छ।
प्रिमियम टायलका लागि आयात र ठूला शहरमा निर्भर रहने अवस्थाबीच, अब त्यस्ता टायल स्थानीय बजारमै पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
लमिनारका टायल बर्दियास्थित कारखानामा उत्पादन हुँदै आएका छन्।
बर्दियामा साझेदारीमा चार सय करोड भन्दा बढी लगानीमा १३ बिगाहा क्षेत्रफलमा लमिनार टायलको कारखाना रहेको छ।
यो टायल नेपाल मानक (एनएस ६१७, पूर्ण भिट्रिफाईड टायल) अन्तर्गत पर्छ।
यसको विषेशता कम पानी सोस्ने र बलियो हुने दाबी कम्पनीको छ।
घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक र सार्वजनिक ठाउँमा यो टायल ढुक्कले प्रयोग गर्न मिल्ने कम्पनीको दाबी छ।
लुम्बिनी सेरामिक्सका भाइस प्रेसिडेन्ट गौरव बस्नेतले तुलसीपुर दाङको ठूलो सम्भावना भएको र बिस्तार हुँदै गएको बजार रहेको हुँदा दाङसहित आसपासका जिल्लाहरुमा गुणस्तरीय सामग्रीको पहुँच क्रमशः पुर्याउने उदेश्य रहेको बताए।
तुलसीपुरमा खुलेको लमिनारको शोरुमले गुणस्तरीयको पहुँच वृद्धि तथा व्यवस्थित घर समाज निर्माणमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे।
त्यस्तै सिद्धार्थ मार्बल हाउस प्रालिका निर्देशक रामबहादुर खड्काले समय संगै ग्राहकको रुची चाहाना तथा सोच आधुनकि बन्दै गएको हुँदा समय सुहाउँदो गुणस्तरिय टायर, मार्लल लगाएतका सामाग्री अब दाङसहितका पहाडी जिल्लाहरुमा सहजै उपलब्ध हुने बताए।
‘अहिले देखिने मात्र होइन, कति टिकाउ र भरपर्दौ छ भन्ने कुरा पनि महत्त्वपूर्ण भएको छ,’ उनले भने ‘लमिनारले त्यो आवश्यकता पूरा गर्छ भन्ने हाम्रो विश्वास छ।’
खड्काले थपे –‘टायल छनोट गर्दा केवल देखिने पक्ष मात्र होइन, कहाँ प्रयोग गर्ने र कस्तो प्रयोगका लागि उपयुक्त हुन्छ भन्ने आधारमा निर्णय हुनु पर्छ।’
लमिनारले देशभर एम्पोरियो शोरुम सञ्जाल विस्तार गर्दै टायललाई प्रयोगअनुसार बुझ्ने र छनोट गर्ने प्रक्रियालाई थप व्यवस्थित बनाउँदै लैजाने कम्पनीको लक्ष्य रहेको बस्नेतले बताए।
शोरुमलाई घरधनी, ठेकेदार, आर्किटेक्ट र संस्थागत ग्राहकलाई लक्ष्य गरी निर्माण गरिएको कम्पनीले जानकारी दिएको छ।