कार्ल्सबर्गको आयोजनामा भएको 'कार्ल्सबर्ग कर्पोरेट फुटसल प्रतियोगिता' सम्पन्न भएको छ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न क्षेत्रका १२ प्रमुख कर्पोरेट संस्थाको सहभागिता रहेको थियो।
असार ५ र ६ गते आयोजित प्रतियोगितामा बिगमार्ट, बुद्ध एयर, क्लाउड फ्याक्ट्री नेपाल, दराज नेपाल, गोर्खा ब्रुअरी, लक्ष्मी सनराइज बैंक, एनसेल, पायोनियर ल एसोसिएट्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सालिको), स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, सुबिसु केबलनेट र वर्ल्डलिंक कम्युनिकेसनका टोली सहभागी थिए।
प्रतियोगिताको फाइनलमा वर्ल्डलिंक कम्युनिकेसनले एनसेललाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको छ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका वर्ल्डलिंकका मञ्जिल महर्जन 'म्यान अफ द म्याच' घोषित भए।
एनसेलका प्रज्वोल प्रजापति 'प्लेयर अफ द टुर्नामेन्ट' चुनिए।
वर्ल्डलिंकका दिपेश सापकोटाले 'बेस्ट गोलकिपर' तथा विकास राजभकले 'टप स्कोरर'को पुरस्कार प्राप्त गरे।
आयोजकका अनुसार प्रतियोगिताले विभिन्न क्षेत्रका कर्पोरेट संस्थाबीच आपसी सम्बन्ध विस्तार, सहकार्य र खेलमार्फत सौहार्दता अभिवृद्धि गर्ने अवसर प्रदान गरेको थियो।
गोर्खा ब्रुअरीका मार्केटिङ निर्देशक रोजन अमात्यले फुटबल कार्ल्सबर्गको पहिचानसँग जोडिएको खेल भएको उल्लेख गर्दै प्रतियोगितामार्फत नेपालका कर्पोरेट संस्थाहरूलाई एउटै मञ्चमा ल्याई प्रतिस्पर्धासँगै सम्बन्ध विस्तार गर्ने अवसर सिर्जना गरिएको बताए।
कार्ल्सबर्गले 'कार्ल्सबर्ग समर फुटबल' अभियानअन्तर्गत उक्त प्रतियोगिता आयोजना गरेको जनाएको छ।
कम्पनीका अनुसार अभियानले नेपाली फुटबल समर्थकलाई खेलसँग अझ नजिक ल्याउने तथा कर्पोरेट समुदायबीच खेलमार्फत सम्बन्ध सुदृढ गर्ने उद्देश्य राखेको छ।