काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपर स्टोर बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।
२०८२ को भदौ २४ गते भएको जेनजी आन्दोलनमा सो स्टोर तोडफोडपछि आगजनी गरिएको थियो।
भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार उक्त स्टोरले बुधबारदेखि नियमित रूपमा ग्राहकलाई सेवा प्रदान गर्नेछ।
ग्राहकहरूको सुविधालाई केन्द्रमा राख्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको उनले बताए।
स्टोर पुनः सञ्चालनको अवसरमा कम्पनीले सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति निरन्तर साथ, सहयोग र विश्वासका लागि हार्दिक आभार व्यक्त गरेको छ।
साथै आगामी दिनहरूमा पनि यस्तै साथ र विश्वास कायम रहने अपेक्षा गरेको जनाएको छ।
भाटभटेनीले ग्राहकलाई सहज, सुरक्षित र गुणस्तरीय किनमेल अनुभव प्रदान गर्ने लक्ष्यका साथ सेवा विस्तार र स्तरोन्नतिलाई निरन्तरता दिँदै आएको छ।