नेपाल आयल निगमले पेट्रोलको भाउ घटाएसँगै काठमाडौंको भद्रकालीमा रहेको पम्पमा लाइन लागेको छ।
बुधबारदेखि लागु हुने गरी लिटरमा २० रुपैयाँ घटेपछि काठमाडौंका विभिन्न पम्पहरू बन्द छन्।
यसो हुँदा नेपाली सेनाले सञ्चालन गर्दै आएको भद्रकालीस्थित पम्पमा सर्वसाधरणको लाइन लागेको हो।
मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १९७ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु १९५ कायम भएको छ।
यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर २१७ र डिजेल प्रतिलिटर २२५ रहेको थियो।
यसैगरी, पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर रु १९४.५० र डिजेल प्रतिलिटर रु १९२.५० कायम गरिएको छ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु १९६ र डिजेलको मूल्य रु १९४ तोकिएको छ।
हवाई इन्धन (आन्तरिक) को नयाँ मूल्य प्रतिलिटर २२९ कायम भएको छ।
यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि अमेरिकी डलर १,५६६, पोखराका लागि डलर एक हजार १०० र भैरहवाका लागि डलर एक हजार ०८५ प्रतिकिलोलिटर कायम गरिएको छ।
मूल्य कटौती भएसँगै उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर (१४.२ किलोग्राम) अब रु दुई हजार ०६० मा प्राप्त गर्नेछन्।
यसअघि ग्यासको मूल्य प्रतिसिलिन्डर दुई हजार १६० रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव र इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
तस्बिरहरू:
-1782894022.jpeg)
-1782894022.jpeg)
-1782894022.jpeg)
-1782894021.jpeg)
-1782894020.jpeg)
-1782894021.jpeg)
-1782894021.jpeg)
-1782894021.jpeg)
-1782894020.jpeg)
-1782894020.jpeg)
-1782894020.jpeg)