पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे १० लाख रूपैयाँसम्म जरिवाना लाग्ने भएको छ।
नेपाल आयल निगमले आफ्नो विनियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
आयल निगमका निर्देशक मनोज ठाकुरका अनुसार बुधबार बसेको बैठकबाट विनियमावली संशोधन गरिएको हो।
संशोधित विनियमावली अनुसार पेट्रोलपम्पसँग पेट्रोल भएर वा खरिदको लागि पेट्रोल पर्याप्त हॅुदा पनि खरिद नगरी अभाव सिर्जना गरे अधिकतम १० लाख रूपैयाँ जरिवाना र १५ दिन आपूर्ति रोक्का हुने भएको हो।
पहिलो पटक ३ लाख, दोस्रो पटकमा ५ लाख र तेस्रो पटकमा १० लाख जरिवानाको व्यवस्था गरिएको हो।
यो पटक आयल निगमले पेट्रोलको मूल्य घटाएपछि कतिपय पेट्रोल पम्पल डिजेल पेट्रोल छैनको बोर्ड राखेर पम्प बन्द गरेका थिए।
यसपछि वाणिज्य विभाग र आयल निगमको टोलीले अनुगमन समेत गरेको थियो।
सो क्रममा ती पेट्रोल पम्प पेट्रोल नै नभएको जानकारी अनुगमन टोलीले दिएको थियो।
तर, मूल्य घट्दा पेट्रोल नपाएको भन्दै उपभोक्ताले त्यस्ता पेट्रोल पम्पलाई कारबाही गर्न माग गरेका थिए।
त्यस लगत्तै कृत्रिम अभाव सिर्जना गरे कति जरिवाना हुने सम्बन्धी व्यवस्था विनियमावलीमा गरिएको हो।