नेपाली कांग्रेस सभापति गगन थापाले युवाहरू भविष्यका कर्णधार मात्रै नभएर वर्तमानका साझेदार भएकाले उनीहरूलाई सबै क्षेत्रमा प्रतिनिधित्व गराउँन पर्ने बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापासँग खुला प्रश्नोत्तर कार्यक्रममा थापाले यस्तो बताएका हुन्।
युवाहरूको सबै क्षेत्रमा प्रतिनिधित्व कै लागि कांग्रेसले ‘मिसन रोजगारी’ अभियान चलाइरहेको पनि उनले स्पष्ट पारेका छन्।
संविधानमा लेखिएको रोजगारीलाई मौलिक हक भन्ने व्यवस्था अनुसार प्रत्येक नेपाली युवाले रोजगारीको अवसर पाउँने सृजना गर्ने संकल्प कांग्रेसले लिएको पनि उनले उल्लेख गरेका छन्।
पाँच हजार युवालाई सरकार, संसदमा फेलोसिप दिने, उनीहरूको डिजिटल स्वतन्त्रताको सम्मान गरिने समेत उनले बताए।
कांग्रेसले आगामी चुनावी प्रतिज्ञा पत्रमा समेटएिको विषयबारे सभापति थापासँग खुला प्रश्नोत्तर राखेको हो।