नेपाललाई पाँच वर्षभित्र भष्ट्राचार मुक्त समाज बनाउने कांग्रेसले घोषणा गरेको छ।
नेपाली कांग्रेसका सभापति गगन थापासँग खुला प्रश्नोत्तर कार्यक्रममा थापाले यस्तो बताएका हुन्।
'हामी नागरिकहरूलाई हैरानीबाट मुक्त बनाउँछौं र हाम्रो सरकारलाई जवाफदेयी बनाउँछौं। यो हाम्रो संकल्प हो,' थापाले भने।
२०४८ सालपछि सार्वजनिक ओहदामा बसेका सबै हिजो प्रभानमन्त्री भएका, सार्वजनिक ओहदामा बसेका सबैलाई आवश्यक देखिएमा कारबाही हुने थापाले बताए।
उनले यसको लागि बनाइने आयोगले नाता पनि नहेर्ने, आफ्ना मान्छे पनि भनेर उन्मुक्ति नदिने समेत उल्लेख गरे।
उनले थपे, 'सार्वजनिक ओहदामा बसेर भष्ट्राचार गर्नेले २० औं वर्षपछि पनि उन्मुक्ति पाउँदैनन् भनेर हामीले आश्वस्त पार्नुछ।'
कांग्रेसले आगामी चुनावी प्रतिज्ञापत्रमा समेटएिको विषयबारे सभापति थापासँग खुला प्रश्नोत्तर राखेको हो।