राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफू सरकारमा आए 'पारिवारिक भार' का आधारमा आयकर (तलबमा लाग्ने कर) लाग्ने व्यवस्था गर्ने उल्लेख गरेको छ।
रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सार्वजनिक गरेको १०० बुँदे वाचापत्रमा यस्तो उल्लेख गरेको हो।
मध्यम वर्गीय परिवार र बालबालिकाको उज्ज्वल भविष्यका लागि हामीले 'पारिवारिक भार' का आधारमा आयकर (तलबमा लाग्ने कर) को सीमा पुनरावलोकन गर्ने नीति अवलम्बन गर्नेछौं, वाचापत्रमा भनिएको छ।
शिक्षा, स्वास्थ्य तथा पालनपोषण खर्चवापत निश्चित रकम करयोग्य आयबाट घटाउन पाउने कानुनी व्यवस्था गर्दै संस्थागत बचत कार्यक्रमहरूलाई प्रश्रय दिने समेत रास्वपाको वाचापत्रमा उल्लेख छ।
त्यस्तै, राजस्व नीतिले प्रत्याभूति सहित सबै करहरूको बोझ घटाउन, कर कानुन तथा नियमहरू भूतप्रभावी ढंगले नलगाउने उल्लेख गरेको छ।