राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतीय मुद्रा (भारु सँगको विनिमयदर पुनरावलोकन गर्ने भएको छ।
रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सार्वजनिक गरेको १०० बुँदे वाचापत्रमा यस्तो उल्लेख गरेको हो।
'भारतीय रूपैयाँसँग तीन दशकदेखि स्थिर विनिमय दर कायम रहेकोमा विशेष अन्तर्राष्ट्रिय प्राज्ञिक सहभागितामा यस प्रणालीको अध्ययन र पुनरावलोकन हुनेछ,' वाचापत्रमा उल्लेख छ।