नेकपा एमालेले श्रमिकहरूको सीप, कौशल र उत्पादकत्व वृद्धिसँगै न्यूनतम मासिक पारिश्रमिक २५ हजार रूपैयाँ पुर्याउने योजना सार्वजनिक गरेको छ।
पार्टीको घोषणापत्र अनुसार यो नीति नियमित वा आकस्मिक, औपचारिक वा अनौपचारिक, स्वरोजगारी वा ज्याला रोजगारीमा रहेका सबै श्रमिकलाई लक्षित गरेको छ।
एमालेले श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
एमालेले बिहीबार आगामी फागुन २१ गते हुने चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको हो।
एमाले अध्यक्ष केपी ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन्।