नेपाली कांग्रेस सरकारमा आए व्यक्तिगत आयमा सुरूको १० लाख रूपैयाँसम्म आयकर नलगाउने भएको छ।
कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा यस्तो उल्लेख छ।
करको भारबाट सर्वसाधारणलाई राहत दिन यस्तो नीति लिन लागेको बताइएको छ।
त्यस्तै, व्यक्तिगत आयकरको अधिकतम दर २५ प्रतिशतभन्दा नबढ्ने गरी प्रगतिशील प्रणाली लागु गर्ने र वार्षिक १ करोड रूपैयाँभन्दा माथिको आयमा मात्र अतिरिक्त शुल्क लगाउँने उल्लेख गरेको छ।
संस्थागत आयकरलाई क्रमशः २० प्रतिशत मा झार्ने, वस्तु र सेवाको निर्यातमा १० प्रतिशत, सूचना प्रविधि (आइटी) निर्यात व्यवसायमा ५ प्रतिशत र उत्पादनमुखी उद्योगहरूमा १५ प्रतिशत मात्र आयकर कायम गर्ने उल्लेख गरेको छ।
विभिन्न नाममा लगाइएका स-साना करहरूलाई मूल्य अभिवृद्धि करमा समाहित गरी दायरा विस्तार गर्ने र यसको एकल दरलाई क्रमशः १० प्रतिशत मा झार्ने समेत उल्लेख गरेको छ।