चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना (साउनदेखि माघ)सम्ममा ११ खर्ब २३ अर्बको आयात भएको छ।
आयात गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिको तुलनामा १३.६५ प्रतिशत बढेको हो।
यसअघि नौ खर्ब ३९ अर्बको आयात भएको थियो।
चालु आर्थिक वर्षको माघ एक महिनामा मात्रै एक खर्ब ८४ अर्ब रूपैयाँको आयात भएको छ।
त्यस्तै, यो सात महिनामा निर्यात ३२ प्रतिशतले बढेर एक खर्ब ६८ अर्ब रूपैयाँ पुगेको छ। यसअघि गत आर्थिक वर्षको यो अवधिसम्ममा एक खर्ब २७ अर्ब रूपैयाँको निर्यात भएको थियो।
चालु आर्थिक वर्षको माघ महिनामा मात्रै भने २६ अर्ब १२ करोडको निर्यात भएको हो।
माघसम्ममा सात खर्ब ९७ अर्ब रूपैयाँ व्यापार घाटा छ। त्यस्तै, आयात निर्यात अनुपात ६.६१ प्रतिशत छ। नेपालको आयात निर्यातभन्दा ६ गुणाले धेरै छ।
अर्थात् नेपालले एक रूपैयाँ बराबरको सामान पठाउँदा ६ रूपैयाँभन्दा बढीको सामान आयात गरिरहेको छ। यस्तो अनुपातमा सुधार भइरहेको देखिन्छ। गत आर्थिक वर्ष माघसम्ममा यस्तो अनुपात ७.७७ रहेकोमा ६.६८ छ।