नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत २९ र ३० गते हुने निर्वाचनको लागि उम्मेदवारी घोषणा भइरहेको छ।
विधानत आगामी कार्यकालको स्वतः अध्यक्ष बन्दै गरेका अञ्जन श्रेष्ठको समर्थन रहेको टिम घोषणा गरिएको हो।
जुन उम्मेदवारी घोषणासभामा वर्तमान अध्यक्ष चन्द्र ढकालसहित, पूर्वअध्यक्ष भवानी राणा, वर्तमान जिल्लानगर उपाध्यक्ष सुरकृष्ण वैद्य लगायतका पदाधिकारी पनि छन्।
यो टिमले वरिष्ठ उपाध्यक्षको उम्मेदवार घोषणा गरेको छैन।
जिल्लानगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माको नाम घोषणा गरिएको छ।
एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डे, वस्तुगत शिवप्रसाद घिमिरेको उम्मेदवारी घोषणा गरिएको छ।
त्यस्तै, एसोसिएट उपाध्यक्ष पदका उम्मेदवार प्रवलजंग पाण्डेले एसोसिएट सदस्यहरूको टिम सार्वजनिक गरेका छन्।
विभिन्न क्षेत्रका उद्योगी व्यवसायीलाई समेट्दै पाण्डेले सन्तुलित टिम बनाएको दाबी गरेका छन्।
उनको टिममा अभया मल्ल, अम्बिकाप्रसाद पौडेल, बाबुकाजी कार्की, हेमन्त गोल्छा, ईश्वर जिसी, जुना माथेमा, कृष्णलाल महर्जन, मनोज पौडेल, निकोलश पाण्डे, प्रियाराज रेग्मी, राजेशकुमार अग्रवाल, ऋषि अग्रवाल, आरएस भण्डारी, शक्तिकुमार बेगानी, सुशिल थापा, सुयोस प्याकुरेल र उज्वल श्रेष्ठ रहेका छन्।
महासंघको एसोसिएटतर्फ प्रतिनिधित्व गर्ने विभिन्न क्षेत्रका व्यवसायीलाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्यको सन्देश दिने उद्देश्यले टिम गठन गरिएको पाण्डे पक्षको भनाइ छ।
वस्तुगत उपाध्यक्ष शिवप्रसाद घिमिरेले पनि आफ्नो टिमबाट वस्तुगत सदस्यका उम्मेदवार घोषणा गरेका छन्।
जसमा वस्तुगत महासंघ तर्फका उम्मेदवारहरू कृष्णप्रसाद अवाले र विश्वनाथ खनाल छन्।
अन्य सदस्यहरूमा अरनिको राजभण्डारी, होमप्रसाद घिमिरे, रविन पुरी धर्मराज सापकोटा, राजकुमार कार्की, संघर्ष विष्ट, नानिराज घिमिरे, राजेश भक्त श्रेष्ठ, वसन्तचन्द्र मरहट्ठा, धनप्रसाद लामिछाने, रघुनन्दन मारु, एबबहादुर थापामगर, सुनिता नेम्हाफुकी र ध्रुवबहादुर गौतम छन् ।