अर्थमन्त्री स्वर्णिम वाग्लेले नोटबन्दी नगर्ने प्रतिबद्धता जनाएका छन्।
केही समाजिक सञ्जाल प्रयोगकर्ताहरूले नोटबन्दी हुन सक्ने भन्दै चासो प्रकट गरेपछि अर्थमन्त्री वाग्लेले त्यसो नगर्ने प्रतिक्रिया दिएका हुन्।
सामाजिक सञ्जाल एक्स प्रयोगकर्ता एयरलाइन गाइलेअर्थमन्त्री स्वर्णिम वाग्लेलाई सम्बोधन गर्दै 'भारतले नोटबन्दी गरेजस्तो लोकप्रिय देखिने निर्णयतर्फ नलाग्नुस्। यस्तो कदमले गरिबलाई पिडा दिन्छ, राष्ट्रलाई ठूलो असर पुर्याउँछ,' भनेका थिए।

यसको जवाफमा वाग्लेले 'हामी त्यसो गर्दैनौँ' भनेका छन्।
भारतले सन् २०१६ मा नोटबन्दी गरेको थियो।
त्यतिबेला पूर्व जानकारी बिना तत्काल लागु हुनेगरी नोटबन्दी गरिएको थियो।
कालोधन नियन्त्रण गर्नको लागि भन्दै गरिएको नोटबन्दीले सर्वसाधारणलाई धेरै मर्का परेको थियो।
अर्कोतर्फ चल्तीमा प्रयःजसो सबै नोट साटिएकोले कालोधन नियन्त्रण पनि नभएको भनेर आलोचना गरिएको थियो।