पूर्व अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपाल ग्रे लिष्टको सूचीबाट हटाउने प्रक्रिया अघि बढेको बताएका छन्।
‘नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे सूचीबाट हटाउने प्रक्रिया अघि बढिरहेकोमा आभारी छु,’ खनालले भनेका छन्।
उनले यो काम दृढ संकल्पका साथ निरन्तर अघि बढिरहेको बताए।
सम्बन्धित संस्थाहरूले यसमा स्पष्ट प्रतिबद्धता देखाएको पनि उनको भनाइ छ।
पछिल्लो पटक नेपालले सम्पत्ति शुद्धीकरण सम्बन्धमा व्यवसायी दीपक भट्टसहितका व्यक्तिहरूमाथि अनुसन्धान गरेको छ।
अनुसन्धानका क्रममा गम्भीर तथ्य भेटिएपछि सोमबार मात्रै उनको पासपोर्ट रोक्का राखिएको थियो। आज उनलाई पक्राउ समेत गरिएको छ। अन्य केही व्यक्तिहरूको अनुसन्धान जारी रहेको बताइएको छ।